विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग एपमा पाइने

विश्वको कुनै पनि स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब सिधै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैंकिङ्ग एपमा पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई (IME Ltd) संगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (DigiShine) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा बैंकमा वा आईएमई रेमिट्यान्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।