झापा र मोरङमा आगलागीबाट २२ लाख बराबरको धनमाल जलेर नष्ट


काठमाडौं – झापा र मोरङमा आगलागीबाट २२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीका अनुसार, झापाको  दमक नगरपालिका– १० बस्ने ६० वर्षीय चुडामणी न्यौपानेको घरमा विद्युत् सर्ट भई बुधवार बेलुकी आगलागी हुँदा करिब १५ लाख ६४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

साथै, मोरङको पथरीशनिश्चरे नगरपालिका– ५ शान्ति चोक बस्ने टिका थापाको भान्सा घरमा विद्युत् सर्ट भई बुधवार दिउँसो आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।