लगातार दोस्रो दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला तीन हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा दुई हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।