काठमाडौं – कुमारी बैंकले लाभांश प्रस्तावसहित आफ्ना शेयरधनीलाई २६ औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा असोज २८ गते, सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स, सुवर्ण सम्शेर सडक, काठमाडौँमा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको २.१० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको सो सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया