काठमाडौं – कुमारी बैंकले आजदेखि विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ३२ हजार ४९७ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो।
सो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
शेयर खरिद गर्न इच्छुकले बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय काठमाडौं–२, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया