४ करोड १५ लाखमा १६३ थान कम्प्युटर खरिद गर्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले १६३ थान ब्रान्डेड डेस्कटप कम्प्युटर खरिद गर्ने भएको छ। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले बोलपत्रमार्फत गरिएको खरिद प्रक्रियाबाट श्री मेगाटेक ग्रुप प्रालि, सानेपा–२, ललितपुरको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरेको हो।

बैंकका अनुसार कम्प्युटर खरिदका लागि गत २०८३ असार १३ गते विद्युतीय बोलपत्र आह्वान गरिएको थियो। रीतपूर्वक पेश भएका बोलपत्रमध्ये सार्वजनिक खरिद ऐन, २०६३ (दोस्रो संशोधन, २०८३) को दफा २५ को उपदफा (७) र दफा २७ को उपदफा (१ं) बमोजिम मेगाटेक ग्रुपको बोलपत्र स्वीकृत गरिएको हो।

बैंकले २०८३ असोज ६ गते उक्त कम्पनीसँग खरिद सम्झौता गरेको जनाएको छ। सम्झौताको कुल रकम मूल्य अभिवृद्धि कर (मु.अ.कर) सहित ४ करोड १५ लाख ६५ हजार रुपैयाँ रहेको छ।