काठमाडौं – सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले उक्त संशोधन विधेयक आज प्रतिनिधि सभामा दर्ता गरेकी हुन्।
विधेयकमा सरकारी, गैरसरकारी र निजी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ६ महिनासम्मको तलबसहितको प्रसुती बिदा पाउने अधिकार हुनेछ लेखिएको छ।
साथै, पुरूष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको ४२ दिनसम्मको प्रसुति स्याहार बिदा पाउनेछ भन्ने उल्लेख छ।
यसअतिरिक्त, यदि सुत्केरीको क्रममा अप्रिय घटना भई मृत शिशु जन्मिए वा पछि मृत्यु भएमा पनि ९८ दिनसम्मको विशेष बिदा पाइने नियम समेटिएको छ।






About Us
प्रतिक्रिया