शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएस (connectIPS) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट connectIPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

सो अफर २०८०, भाद्र १५ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ । मोवाइल बैकिङ्ग एपमा उपलब्ध connectIPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । 

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, Send Money मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न connectIPS लाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न connectIPS न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । 

बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।