म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना

झापा - दास किराना पसललाई दुई लाख रूपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरेको हो। मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदाना बिक्री गरेको पाइएपछि जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन्। खाद्य प्रविधि कार्यालय भद्रपुरका अनुसन्धान अधिकृत सुवासचन्द्र…