काठमाडौं – ८० लाख रुपैयाँ ठगी गर्ने एक फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका– १५ स्थायी ठेगाना भई हाल तारकेश्वर बस्दै आएका राज कुमार बिडारी रहेका छन्।
उनलाई काठमाडौं महानगरपालिका– १०, बानेश्वरबाट पक्राउ गरिएको हो। बिडारीविरुद्ध ८० लाख रुपैयाँ बिगो कायम गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।






About Us
प्रतिक्रिया