काठमाडौं – जापान पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दीप बहादुर तामाङ रहेका छन्। उनले जापान लैजाने भन्दै १५ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ।निम एजुकेशन कन्सल्टेन्सी प्रालिका सञ्चालक तामाङलाई ललितपुरको महालक्ष्मीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भई उनी फरार रहेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ्ग कसुरको एक मुद्दामा १२ लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर ललितपुरमा २ वटा बैंकिङ्ग कसुरमा २लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर भक्तपुरमा २ लाख ९५ हजार रुपैयाँ र जिल्ला प्रहरी कार्यालय कास्कीमा ५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै, प्रहरी वृत्त सिंहदरबारमा १० लाख रुपैयाँ र प्रहरी वृत्त बानेश्वरमा २ लाख ७० हजार रुपैयाँ बिगो रहेको बैंकिङ्ग कसुरसम्बन्धी मुद्दा दर्ता रहेको खुल्न आएको छ। साथै, वैदेशिक रोजगार विभागमा पनि वैदेशिक रोजगारसम्बन्धी कसुरका ७ वटा मुद्दा दर्ता रहेको छ। ती मुद्दामा १ करोड १ लाख रुपैयाँ बिगो रहेको खुल्न आएको छ। प्रहरीका अनुसार तामाङविरुद्ध दर्ता भएका सबै मुद्दाको कुल संख्या १४ वटा रहेको छ भने कुल बिगो १ करोड ३५ लाख ६५ हजार रुपैयाँ रहेको छ।






About Us
प्रतिक्रिया