२ वर्ष कैद सजाय भएका बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी रामजी ठाकुर पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको हरिवन घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने रामजी ठाकुर रहेका छन्। 

काठमाडौं महानगरपालिका–१३, कालिमाटीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बैंकिङ्ग कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ७ गते फैसला गर्दै ४ लाख २५ हजार रुपैयाँ बिगोबापत ठाकुरलाई २ वर्ष कैद सजाय सुनाएको थियो। अदालतबाट पक्राउ आदेश जारी भएपछि उनी फरार रहेका थिए।

उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।