शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं -काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरिरहेको तथा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फहिमा अख्तर हसन, महामुद, महबूब हसन, रेपोन मेहमूद, एमडी-केरामोत अलीखान, साहिदुर रहमान, एमडी खलिलुर रहमान, आरिफुर रहमान, एमडी मारुफ मृधा र मोहम्मद हनिफ मिया रहेका छन्। काठमाडौं उपत्यका अपराध कार्यालयबाट अनुसन्धानका लागि…