काठमाडौं – काठमाडौंमा साउन महिनामा विभिन्न प्रकृतिका कसुरसम्बन्धी ९९७ वटा उजुरी दर्ता भएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार आर्थिक अपराधसम्बन्धी मात्र यस एक महिनामा ४३९ वटा उजुरी परेका छन्। त्यसैगरी, चोरीसम्बन्धी कसुरका १२२ वटा उजुरी दर्ता भएका छन्। एक महिनामा साइबर अपराधसम्बन्धी १३६ वटा उजुरीसमेत प्रहरीमा परेको छ। साउनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता…