त्रिभुवन विमानस्थलबाट ५३५ ग्राम सुनसहित भारतका मोहम्मद चेरा थोडी पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३५ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतका मोहम्मद चेरा थोडी रहेका छन्। 

विमानस्थल सुरक्षा कार्यालयका अनुसार मिति २०८३ असोज ८ गते दिउँसो १२ः३२ बजे संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका भारतीय नागरिकलाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा ती यात्रुले लगाएको भित्री पेन्टीभित्र प्लास्टिकमा पोको पारी लुकाइछिपाई ल्याएको अवस्थामा सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल करिब ५३५ ग्राम रहेको छ। प्रहरीले पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौंमा बुझाएको जनाएको छ।