रौतहट – रौतहटबाट प्रहरीले ५० लाखभन्दा बढी मूल्यका मोबाइल पार्ट्ससहित दुई थान मोटरसाइकल बरामद गरेको छ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.११ गण हेडक्वार्टर रौतहट तथा गौर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले गौर नगरपालिका–४, टिकुलियास्थित एक घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरमा बेवारिसे अवस्थामा लुकाईछिपाई राखिएको ५० लाख १४ हजार ५०० मूल्यका मोबाइलका विभिन्न पार्ट्स तथा दुई थान मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मोबाइल पार्ट्स र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।






About Us
प्रतिक्रिया