काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा घर भई ललितपुर महानगरपालिका–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने…