काठमाडौं – प्रहरीमा भर्ना गराइदिने भन्दै एक आवेदकबाट १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। ठगी आरोपमा पर्वतका ४६ वर्षीय हरि बहादुर रसाइलीलाई प्रहरीले पक्राउ गरेकाे हाे। रसाइली काठमाडाैंकाे बबरमहलबाट पक्राउ परेका हुन्। प्रहरीका अनुसार रसाइलीले आफूलाई ‘मुक्ति समाज नेपाल’को सदस्य बताउँदै प्रहरी प्रधान कार्यालय,नक्सालको विज्ञापन नम्बर ०२०–०८१र०८२ अन्तर्गत प्रहरी सहायक निरीक्षक…