बेलारूस पठाइदिन्छु भन्दै ९ लाख ठगी गर्ने बिरेन्द्र बहादुर प्रहरीको नियन्त्रणमा 


काठमाडौं –  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका– ७ घर भएका ५२ वर्षीय बिरेन्द्र बहादुर कार्की रहेका छन्। 
 
बिरेन्द्रले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका– ९ सिनामंगलबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।