काठमाडौं – काठमाडौं महानगरपालिका– १० बानेश्वरस्थित एक घरमा विभिन्न सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका दिपेश मग्रान्ती रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र यस कार्यालयको मातहत बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई बानेश्वर पक्राउ गरेको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट औँठी, सिक्री, तिलहरी, जन्तर, फुली, झुम्का,मुन्द्रा लगायतका सुनका गरगहना (१३८.६१ ग्राम) बरामद गरेको छ।






About Us
प्रतिक्रिया