साइबर ठगीको जालो तोड्न प्रहरीको नयाँ रणनीति, ‘एन्टी स्क्याम सेन्टर’ स्थापनाको प्रस्ताव

काठमाडौं – ‘तपाईँका बच्चा धेरै राम्रा छन्। उनीहरूका लागि म ५० हजार अमेरिकी डलर उपहार पठाइदिन्छु,’ आशा पोखरेल (नाम परिवर्तित) लाई गत वर्षको असारमा ह्वाट्समा म्यासेज आयो। त्योभन्दा अघि पोखरेलसँग बेल्जियममा बस्दै आएका ग्वान जिनसँग टिकटकमार्फत पहिले पनि कुराकानी हुन्थ्यो। ‘सोही चिनजानका आधारमा आफ्ना बच्चा राम्रो लागेको भन्दै उनले म्यासेज गरे,’ उनले भनिन्। यही एउटा…