काठमाडौंको दुई ठाउँबाट १० लाख बराबरको धनमाल चोरी 


काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका– १५ तिनथाना टुसाल टोल बस्ने ४२ वर्षीय डिल्ली कुमार खरेलको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ८ लाख ७१ हजार रुपैयाँ बराबरको धनमाल बुधवार दिउँसो चोरी भएको छ।

यसैगरी, काठमाडौंको शंखरापुर नगरपालिका– ६ कठनचोक डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३३ वर्षीया कल्पना तामाङको कोठाबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब १ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल बुधवार दिउँसो चोरी भएको छ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।