काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल फ्रड रोक्न एकाउन्ट स्ट्याटिस्टिक्स सिस्टम सञ्चालनमा ल्याउने भएको छ। डिजिटल माध्यमबाट हुने वित्तीय अपराध नियन्त्रण तथा शङ्कास्पद कारोबार पहिचान गर्ने उद्देश्यले केन्द्रीय बैंकले यो प्रणाली विकास गर्न लागेको हो। पछिल्लो समय मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिजिटल वालेट तथा अन्य विद्युतीय माध्यमबाट हुने कारोबार बढेसँगै डिजिटल ठगीका घटनाहरू पनि रूपमा…