काठमाडौं – काठमाडौं जिल्ला अदालतले नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई ४० हजार धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीश टिकेन्द्र दाहालको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।
९ वटा बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले सोमबार सिंहदरबारको मुख्य गेटबाटै नियन्त्रणमा लिएको थियो।
उनको जिल्ला प्रहरी परिसर काठमाडौंमा चार वटा बैंकिङ्ग कसुरको मुद्दा रहेको छ। साथै, जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जनसेवा, प्रहरी वृत्त दरबारमार्ग, प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त महाराजगन्जमा एक–एक वटा बैंकिङ्ग कसुर मुद्दा रहेको खुल्न आएको छ।






About Us
प्रतिक्रिया