नेपाल टेलिकमको २१ मिटर तामाको तार चोर्ने तीन जना प्रहरीको फन्दामा 


काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका– १ न्यौपाने गाउँस्थित डिस होम नेटमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरका कुमार भुजेल, काभ्रेपलान्चोकका रबिन्द्र बिक र सिन्धुपाल्चोकका सागर तामाङ रहेका छन्। 

नेपाल टेलिकमको २१ मिटर तामाको तार काटेर गाडीमा राखेको र १२० मिटर तार काटी क्षति पुर्‍याएको अवस्थामा प्रहरी प्रभाग दुवाकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई नियन्त्रणमा लिई चोरी मुद्दा कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरी ५ दिन  म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।