काठमाडौं – नक्कली ब्लुबुक बनाउने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका अजय चौधरी रहेका छन्। चौधरीले नक्कली ब्लु बुक बनाई चोरीका मोटरसाइकल बेचबिखन गर्ने गरेको सूचनाका आधारमा पेस्तोल तथा गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनलाई रुपन्देहीको सिद्धार्थनगर–७ विद्यापथबाट पक्राउ गरेको छ। चौधरीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रहरीले टाइप ५४ पेस्तोलजस्तो देखिने १ थान पेस्तोल, ४ राउण्ड गोली लोड भएको अवस्थामा, एउटै फोटो भएका २ वटा ब्लु बुक र ४ वटा भारतीय आधार कार्ड फेला पारेको हो।
चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको छ।






About Us
प्रतिक्रिया