वीरेन्द्रनगरबाट १ लाख ८८ हजार नगदसहित ७ जुवाडे पक्राउ


काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ११ पिपिराबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका – ११ बस्ने ४० वर्षीय कटक शाही समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ८८ हजार ३ सय ९५ नेपाली रुपैयाँ, ५ हजार ५ सय २० भारतीय रुपैयाँ र १८ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।