६ महिनामा ५१ अर्ब ३३ करोड ऋण सहयोगः कहाँबाट कति रकम भित्रियो ? 

बैंकिङ्ग समाचार ।   चालू आर्थिक वर्ष २०७६/७७ को साउनदेखि पुससम्मको ६ महीनाको अवधिमा नेपालले आठ दातृ निकायबाट ५१ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोग प्राप्त गरेको छ ।  उक्त ऋण सहयोग एशियाली विकास बैंक (एडीबी), विश्व बैंकजस्ता दातृ निकायका साथै भारत, चीन, जापानलगायतका  देशबाट सरकारलाई प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको हो । …