भिडियो रिपोर्ट

बढ्दै डिजिटल कारोबारः एप्लिकेसन मात्रै नभई इकोसिस्टम बनाउनुपर्ने विज्ञहरुको जोड

बढ्दै डिजिटल कारोबारः एप्लिकेसन मात्रै नभई इकोसिस्टम बनाउनुपर्ने विज्ञहरुको जोड

सृष्टि पराजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– युवाहरु प्रविधिमा अभ्यस्थ हुँदै गर्दा डिजिटल भुक्तानी सेवाका प्रयोगकर्ताहरु पनि बढेका छन । २०८० मंसिरसम्ममा यसका प्रयोगकर्ता २ करोड ८ लाख २७ हजार ९९४ पुगेका छन । अघिल्लो महिना करिब सवा लाख भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको सङ्ख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार काक्तिकको तुलनामा मंसिर महिनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको सङ्ख्या १ लाख १९ हजार ५२४ ले बढेको हो । हाल मोवाइल बैंकिङ्ग प्रगोगकर्ता २ करोड ६ लाख २४ हजार पुगेको छ ।

भिडियो रिपोर्ट

त्यस्तै, सोही अवधिमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरुको सङ्ख्या २९ हजारले बढेको छ । हाल इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या १७ लाख ८८ हजार ६ सय पुगेको छ । ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, प्रभू्–पे, आईएमई पे जस्ता भुक्तानीका दर्जनौँ डिजीटल कारोबारका माध्यमहरुले विस्तारै आफ्ना सेवाहरुलाई विस्तारै बढिरहेका छन । तर डिजिटल भुक्तानीमा समस्या र चुनौतीहरु पनि छन । यसलाई विस्तारै समाधानको पाटोतर्फ लैजानुपर्ने नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान बताउँछन । उनी भन्छन, ‘नेपाल क्लियरिङ्ग हाउसले डिजि पेमेन्टको जुन संरचनासँग काम गरिरहेको छ । त्यसमा सेटलमेन्ट नै ५० प्रतिशत डिजिटल प्रणालीमार्फत भइरहेको छ । हामीसँग सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाहरुदेखि इस्योरेन्स कम्पनीहरु पनि जोडिएका छन । यसले गर्दा डिजिटल प्रणालीको विकास अत्यावश्यक भइसकेको छ ।’

तर यती धेरै प्रविधिको विकास हुँदा पनि बैकहरुको इन्टरनल अटोमेसन अझै कागजी नै छ । अर्थात् नेपालको बैंकिङ्ग प्रणाली अझै नगदमै आधारित छ । खाता खोल्दा, विदेशी नोट सटही गर्दा लगायत हरेक कामकारबाहीमा कागज प्रयोग गर्नुपर्ने बाध्यता अझै छन । यसमा नबिल बैंकका डिजिटल बैंकिङ्ग प्रमुख परमेश्वर श्रेष्ठले डिजिटल भुक्तानीको विकास तिब्र गतिमा भइरहेको तर अझैपनि धेरै कामहरु गर्न बाँकी रहेको बताउँछन । उनी भन्छन, ‘हरेक काम गर्दा समस्या र चुनौतीहरु दुवै आउँछन । यो समस्या हाम्रो मात्रै नभई पुरै इकोसिस्टमकै हो । जस्तै टपअप गर्ने नेपाल टेलिकम हुन्छ । त्यसपछि बीमा अर्को एजेन्ट हुन्छ । त्यसमा फेरि नेटवर्क हुन्छ । त्यसमा फेरि थुप्रै इकोसिस्टमहरु पार गरेर बल्ल एउटा ट्रान्जेक्सन हुन्छ । त्यसैले कुनैपनि समस्याहरु आउँछन । त्यसलाई निराकरण गर्दै लैजानुपर्छ ।’

यता मुलुककै पहिलो बैंक नेपाल बैंक लिमिटेडको कुरा गर्दा हाल डिजिटल कारोबार प्रयोगकर्ताको संख्या ६ लाख हाराहारी छ । तर त्यसभित्रपनि डिजिटल भुक्तानीमा सक्रिय प्रयोगकर्ता डेढ लाख मात्र छन् । यसरी हेर्दा डिजिटल पभुक्तानीलाइ बढ्वा दिन डिजिटल इकोसिस्टमको खाँचो रहेको विज्ञहरु बताउँछन । नेपाल बैंकका निर्देशक विवेक राणा भन्छन, ‘नेपालमा डिजिटल इकोसिस्टम नै छैन । एप्लिकेसन छन्, तर प्लाटफर्म नै नभएको अवस्थामा डिजिटल विकास र सुशासनमा पुग्न लामो समय लाग्छ ।’ डिजिटल इकोसिस्टम निर्माणबाट मात्र हरेक खालका डिजिटल भुक्तानी सेवाको प्रयोग बढ्ने र डिजिटल नेपालको रूपान्तरण तीव्र हुनसक्छ ।

आधारभूत पूर्वाधारका रूपमा गुणस्तरीय र पहुँचयोग्य इन्टरनेट कनेक्टिभिटी यसका लागि मेरुदण्ड नै मानिन्छ । राणा भन्छन,‘डिजिटलमा सबैलाई सँगै राखेर लैजाने पद्धती छ, त्यसलाई इकोसिस्टम भनिन्छ । किनभने डिजिटल आफैमा त काम गर्न सक्दैन । त्यसको लागि तपाइलाई सप्लायर्स चाहियो, बायर चाहियो, ट्रान्सपोर्टेसन कम्पनी चाहियो, एडभर्टइजिङ्ग कम्पनी चाहियो । यी सबै कुराहरुको सयंत्रलाई नै इकोसिस्टम भनिन्छ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताउँदै आइरहेका छन । डिजिटलाइजेशनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने विकृतिहरु हटाउने र अरु खालका विकृतिहरु हटाउँदै लैजाने उनको तर्क छ । डिजिटलाइजेशनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने उनको दाबी छ ।