काठमाडौं – नासा सेक्युरिटिजले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण संकटमा परेका नागरिकको खोज तथा उद्धार र प्रभावित क्षेत्रमा तत्काल राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ। साथै, कम्पनीले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त…