नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी


काठमाडौं– आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.४३ अंकले घटेर बजार २५ सय ४५ दशमलव ४० को बिन्दुमा कायम भएको छ। त्यससँगै ४ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ।

आज ३५२ कम्पनी कारोबारमा आउँदा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, सेन्ट्ररल फाइनान्सको १७ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी अप्पर लोहोरे खोलाका लगानीकर्ता कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंक, इमर्जिङ नेपाल र जानकी फाइनान्सका लगानीकर्ता रहेका छन्। आज यी तिन कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका छन्।