प्रि ओपन सेसनमा १.७७ अंकले घट्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.७७ अंकले घटेको छ। यस सेसनमा १ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १७ हजार २९३ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनमा ५५ कम्पनी कारोबारमा आउदा १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।