काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.८५ अंकले घटेर बजार २५ सय ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। त्यससँगै ४ अर्ब ९ करोड ७१ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ।
आज ३४१ कम्पनी कारोबारमा ६७ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, २०० सय शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो। त्यस्तै, त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी लिबर्टी इनर्जीका लगानीकर्ता कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लागानीकर्ता १४.९८ प्रतिशतका दरले गुमाएका छन्।






About Us
प्रतिक्रिया