काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्दै कर्जा विस्तारलाई सन्तुलित रूपमा अगाडि बढाउने लक्ष्यसहित आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। हाल वित्तीय प्रणालीमा थुप्रिएको तरलतालाई आर्थिक वृद्धिलाई सघाउ पुग्ने गरी उपभोगतर्फ आकर्षित गर्ने केन्द्रीय बैंकको योजना छ। प्रणालीमा तरलता पर्याप्त भए तापनि बैंकहरूको कर्जा प्रवाह गर्न सक्ने वास्तविक…