काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार २७ कित्ता शेयर बिक्रीमा ल्याएको हो।
बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको सो शेयरमा उनीहरूबाट आवेदन नपरेपछि अब भने उक्त शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।
सो शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।







About Us
प्रतिक्रिया