काठमाडौं – संरक्षित वन्यजन्तु हात्तीको दाहाजस्तो देखिने आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद–बिक्री गर्न लागेको आरोपमा मकवानपुरबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको मानबहादुर गोले, चतुर सिं लामा वाइबा र रौतहटका श्रीबहादुर जिम्बा रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), लाजिम्पाट, काठमाडौंको टोलीले इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरसँगको समन्वयमा २०८३ मंसिर ४ गते हेटौंडा उपमहानगरपालिका–१९ स्थित सार्वजनिक स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा अवैध रूपमा ओसारपसार गरी खरिद–बिक्रीका लागि ल्याइएको हात्तीको दाहाजस्तो देखिने एक थान आखेटोपहार बरामद गरिएको छ। बरामद सामग्रीको तौल २ किलो ७०० ग्राम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत डिभिजन वन कार्यालय, राप्ती, मनहरी, मकवानपुरमा बुझाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया