काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्री वाग्लेको सचिवालयकाअनुसार आज २० वटै वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्ने भएका हुन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन् ।
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा २० वटै वाणिज्य बैंकका सीईओहरु सहभागी हुने बताइएको छ ।







About Us
प्रतिक्रिया