बैंकका सीईओपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेपछि आज राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्न लागेका हुन् ।

देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका अधिकारीहरूसँगको छलफल अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुने बताइएको छ।

‘केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भेट, उहाँहरूको सल्लाह र समन्वयमा सम्भवतः पहिलो पटक यस्तो छलफल हुन लागेको हो’ वाग्लेको सचिवालयले भनेको छ । सो बैठक बिहान ९ः१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा कार्यक्रम सुरु भएको छ ।