काठमाडौं – सिद्धार्थ बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकको नाफा केही बढेको हो । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी गरेकोमा बैंकले गत वर्ष ९ अर्ब ५ १ करोड खुद ब्याज आम्दानी गरेको छ । गत वर्षमा बैंकको खुद फी तथा कमशिन आम्दानी १ अर्ब ८६ करोड, कुल सञ्चालन आम्दानी १२ अर्ब ५ करोड र सञ्चालन मुनाफा ५ अर्ब १६ करोड रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा १ अर्ब ८३ करोड रहेको थियो ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २३.०६ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि बढेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको हो । हाल बैंकको चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रहेको छ भने रिजर्भ कोषमा १६ अर्ब ९२ करोड सञ्चित छ ।







About Us
प्रतिक्रिया