टाटा गाडी किन्दा सानिमा बैंकले कर्जा दिने 

बैकिङ्ग समाचार ।  टाटाको गाडी किन्दा सानिमा बैंकले सहुलियत पूर्ण कर्जा दिने भएको छ।  सहुलियत पूर्ण कर्जाको लागि टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता सिप्रदी  ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता भएको हो।  उक्त सम्झौतअनुसार अब टाटा मोटर्सको व्यवसायिक गाडीहरु खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्। …