नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार । 

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभाको लागि असोज १४ गते बुक क्लोज गर्न एनिर्ने गरेकोले आज असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

कम्पनीले असोज २८ गते बुधबार काठमाडौँको नागार्जुन स्थिति होटेल रानीबनमा सभा आह्वान गरेको हो । सभामा कम्पनीले लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्नेछ । कम्पनीले आर्थिक वर्ष ७५/७६ मुनाफाबाट १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  

सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । प्रस्तावित लाभांशपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख पुग्नेछ  । त्यस्तै कम्पनीको अधिकृत पुँजी ६४ करोड पुग्नेछ। 

त्यस्तै सभामा कम्पनीको संस्थापक र साधारण शेयर स्वामित्व ७०:३० लाइ परिमार्जन गरि ५१:४९ कायम प्रस्ताव पेश हुने छ।