नबिल बैंकले वार्षिक ७.७५% ब्याजदरमा शेयर कर्जा दिने

नबिल बैंकले वार्षिक ७.७५% ब्याजदरमा शेयर कर्जा दिने


बैकिङ्ग समाचार ।
नबिल बैंकले वार्षिक ७.७५% ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले उक्त ब्याजदरमा ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा दिने जनाएको छ ।

आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल धितोपत्र बजारमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा उपलब्ध गराउन पाँउदा गौरवान्वित भएको बैंकको भनाई छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु मार्फत सेवा दिइरहेको छ ।