ग्राहकको गुनासो सुनुवाइ गर्न राष्ट्र बैंकले बनायो कार्यविधि, यस्तो छ व्यवस्था  

ग्राहकको गुनासो सुनुवाइ गर्न राष्ट्र बैंकले बनायो कार्यविधि, यस्तो छ व्यवस्था  


बैकिङ्ग समाचार । 
वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न नेपाल राष्ट्र बैंकले एक उच्च स्तरीय समितिको ब्यवस्था गर्दै पहिलो पटक कार्यविधि जारी गरेको छ।

राष्ट्र बैंकले सोमबार ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो ब्यवस्थापन कार्यविधि–२०७७’ जारी गरेको हो। राष्ट्र बैंकबाट लाइसेन्स वा अनुमति लिइ कारोबार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पूर्ण वित्तीय मध्यस्थता सेवा तथा राष्ट्र बैंकको क्षेत्राधिकारमा पर्ने अन्य बिषयबस्तुलाई यो कार्यविधिले समेट्ने छ।

गुनासो ब्यवस्थापनका लागि बरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा समिति बनाइएको छ। समितिमा अर्का डेपुटी गभर्नर, नियमन र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सदस्य हुनेछन्। यसबाहेक  अर्थमन्त्रालयका सहसचिव, बैंकर्स संघका अध्यक्ष, एफएनसीसीआइका अध्यक्ष पनि हुनेछन्। नियमन विभागका निर्देशक सदस्य सचिव हुनेछन्। समितिको वैठकमा छलफल हुने गुनासो प्रकृतिरबिषयको आधारमा सम्बन्धित विभाग तथा निकायबाट आवश्यकता अनुसार बढिमा ४ जना विज्ञलाई बैठकमा समावेश गराइनेछ । 
यस्तो छ व्यवस्था