टाटा गाडी किन्दा सानिमा बैंकले कर्जा दिने 

टाटा गाडी किन्दा सानिमा बैंकले कर्जा दिने 


बैकिङ्ग समाचार । 
टाटाको गाडी किन्दा सानिमा बैंकले सहुलियत पूर्ण कर्जा दिने भएको छ। 

सहुलियत पूर्ण कर्जाको लागि टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता सिप्रदी  ट्रेडिङ्ग र सानिमा बैंकबीच सम्झौता भएको हो। 

उक्त सम्झौतअनुसार अब टाटा मोटर्सको व्यवसायिक गाडीहरु खरिद गर्न चाहने ग्राहकले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन,परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यबिधि, २०७५ अनुसार बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ। 

यस तोकिएको सहुलियतपूर्ण कर्जा भित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा रहका छन्। 

टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।   

उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राजथपलिया र सानिमा बैंकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।