काठमाडौं - नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका नेटवर्क प्रयोग गरी डिजिटल कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै डिजिटल बैंकिङ्गका लागि आवश्यक सतर्कता अपनाउन भनेको हो । डिजिटल बैंकिङ्ग कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि असुरक्षित नेटवर्क…