काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारी सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुने चौथो संस्करणको डिस्कोर्शमा चौथो सत्रको वक्ताका रुपमा अधिकारी सहभागी हुने भएका हुन्।
डिस्कोर्शकाे चाैथाे सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक सत्रकाे वक्ताका रुपमा उनी सहभागी हुने भएका हुन्। अधिकारीसँग १८ वर्षभन्दा लामो समयसम्म राष्ट्र बैंकमा मौद्रिक नीति, बैंक नियमन तथा सुपरिवेक्षण जस्ता महत्त्वपूर्ण विभागहरूमा कार्य गरेको अनुभव छ।
उनले विभिन्न महत्वपूर्ण विभागहरूमा काम गरेका छन् र केन्द्रीय बैंकको सञ्चालन र नीति कार्यान्वयनमा महत्वपूर्ण योगदान दिएका छन्। डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ।
डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया