काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श दोस्रो सत्रमा वक्ताका रूपमा राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख एवम् प्रवक्ता ढुण्डीराज लामिछाने सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा वक्ताका रूपमा लामिछाने सहभागी हुने भएका हुन्।
१९७१ मा झापामा जन्मिएका उनी करिब तीन दशकदेखि राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत छन्। उनी नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूहको सहसचिवमा २०८१ पुसमा बढुवा भएका थिए। उनले नेपालको जनसाङ्ख्यिक स्थिति, जनगणना, बसाइँसराइ र देशको आर्थिक–सामाजिक तथ्याङ्कका विषयमा क्षेत्रमा काम गर्दै आइरहेका छन्।
डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ । डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।
डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया