काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजनको संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीति’ को वक्ताका रूपमा उनी सहभागी हुने भएका हुन्।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका श्रेष्ठ दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका छन्। उनले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि काम गरेका छन्। उनले एस डेभलपमेन्ट बैंकबाट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद सम्हालेका थिए। उनी हाल सांग्रिला डेभलपमेन्ट बैंकको सीईकोको जिम्मेवारी सम्हालिरहेका छन् भने उनी डेभलपमेन्ट बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्षको जिम्मेवारीमा छन्।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ। डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया