चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शः चौथो सत्रको मोडरेटरमा राजु ढुंगेल


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को चौथो सत्रकाे मोडरेसन बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले गर्ने भएका छन्। ढुंगेलले बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको चौथो सत्रको मोडरेटरको भूमिका निर्वाह गर्ने भएका हुन्। 

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको प्रबन्ध निर्देशक रहेका उनी विगत लामो समयदेखि मिडिया क्षेत्रमा आवद्ध छन् । उनले पुर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चारमा स्नातकोत्तर पूरा गरेका छन् ।

उनले बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेक विषयक सत्रमा मोडरेटरको भूमिका निर्वाह गर्नेछन्। यो सत्रमा छलफलका लागि राराल्याब्सका प्रमुख कार्यकारी अघिकृत (सीईओ) मनोज घिमिरे, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आदर्श बजगाईँ र स्प्रिङ बेस एआईका सह–संस्थापक, उद्यमी तथा लगानीकर्ता आकाश जटिया सहभागी हुनेछन्।

डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। 

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारस् बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।