बैकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकबाट बिदा लिएकी छन ।
उनले सामाजिक सञ्जालमा एक पोष्ट शेयर गर्दै आफु मेगा बैंकबाट विदा भएको जानकारी गराएकी छन । मेगा बैंक संचालक समिति उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको थियो । श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत थिइन । विदाईको दौरानमा उनले आफुलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गरेकी छन । यसअघि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छन्।
३१ वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङ्गमा विशेष दख्खल राख्ने बैंकर हुन्। भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन्।



About Us
प्रतिक्रिया