मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १०० रुपैयाँ अंकित दरका ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। 

सो शेयर न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँमा बिक्री गर्न लागेको हो। संस्थाले सो शेयर खरिदका लागि हाल कायम संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकतामा राखेर शेयर बिक्रीमा राखेको हो। 

इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर–६, धनुषामा निवेदन दिन सक्नेछन्। 

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणलाई उक्त शेयर बिक्री प्रक्रिया अघि बढाइने समेत संस्थाले जनाएको छ।